17th April 2026, Friday

Namaste

Express

सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

Post Image
10 महिना अगाडी

News by: Namaste Express

सप्तरी कल्याणपुर - सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन सब-इन्जिनियर करारमा कार्यरत दिपेन्द्र कुमारविरुद्ध मुद्दा दायर गरेको हो । उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी झाले करार पदमा जागिर खाएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।आयोगमा परेको उजुरीमाथि अनुसन्धान हुँदा शैक्षिक प्रमाणपत्र नक्कली देखिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो ।

झाले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका इन्स्टिच्युट अफ इन्जिनिरिङ वेस्टर्न रिजन कलेज, लामाचाैर पोखराबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेको भनी नक्कली प्रमाणपत्र पेस गरेर गाउँपालिकामा नियुक्ति पाएको अख्तियारले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेकोले सोही ऐन अनुसार कैद र जरिवाना सजाय मागदाबी लिइएको अख्तियारले जनाएको छ ।


Post Image


No ad available.


No active ad available.