17th April 2026, Friday

Namaste

Express

आजबाट नयाँ आर्थिक वर्ष सुरु, १९ खर्ब ६४ अर्बको बजेट कार्यान्वयनमा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ साउन १, बिहिबार
काठमाडौं - नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले बजेट, नीति तथा चालु कार्यक्रम र मौद्रिक नीति कार्यान्वयन गरेको छ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा आएको छ। अर्थ मन्त्रालयले निर्देशिका तयार पारेर आजदेखि बजेट कार्यान्वयनमा ल्याएको छ।

अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ। चालु आर्थिक वर्षमा चालू शीर्षकमा ११ खर्ब ८० अर्ब, (११८० अर्ब) रुपैयाँ, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्ने योजना छ।

यो बजेटले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब रुपैयाँ र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट स्रोत जुटाउनेछ।

नयाँ आर्थिक वर्षमा देशका केही प्रमुख पूर्वाधार परियोजनाहरू सम्पन्न हुने तय गरिएको छ। सरकारले यस आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, आबुखैरेनी-पोखरा सडक विस्तार, नारायणगढ-बुटवल सडक खण्ड विस्तार, र नागढुङ्गा सुरुङ मार्ग लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ।


No ad available.


No active ad available.