17th April 2026, Friday

Namaste

Express

अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेटवार्ता

Post Image
8 महिना अगाडी

News by: Namaste Express

आइतबार ११ साउन, २०८२
काठमाडौँ-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डको निवासमा भएको भेटवार्तामा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

एकीकृत समाजवादी पार्टीको स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार छलफलमा वामपन्थी ध्रुवीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाको समीक्षा, कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्ने प्रयास, अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली देशहरूबीचको युद्ध र त्यसको प्रभाव, र सरकारको कार्यशैलीमा केन्द्रित छलफल भएको बताइएको छ।

दुई दलका अध्यक्षबीचको भेटवार्तामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच सहकार्य र एकताको सम्भावना, सैद्धान्तिक आधार र प्रक्रियागत विषयमा पनि छलफल भएको बताइएको छ।



No ad available.


No active ad available.