17th April 2026, Friday

Namaste

Express

ढुंगा पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

असार, चितवन - सडकमा खसेको ढुंगा पन्छाएसँगै बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ।


सडक डिभिजन कार्यालय भरतपुरले सडकमा खसेको ढुंगा हटाउनका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेको थियो।

कार्यालयले जारी गरेको सूचना अनुसार मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरोको जोखिम छ । उक्त स्थानमा कुनै पनि समयमा माथिबाट ढुंगाहरू झर्ने र दुर्घटना हुन सक्ने सम्भावना छ । तसर्थ सम्भावित जोखिमलाई न्यूनीकरण (कमी) गर्नका लागि, डिभिजन कार्यालयबाट लङ बुम एक्साभेटर प्रयोग गरी ढुंगा झार्ने र पन्छाउने काम भएको थियो।

Post Image


No ad available.


No active ad available.