17th April 2026, Friday

Namaste

Express

एसइईको नतिजा सार्वजनिक, ६१.८१ परीक्षार्थीले ग्रेडेड

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१४ असार २०८२, शनिबार

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बोर्ड बैठकपछि परीक्षाफल सार्वजनिक भएको हो।

शुक्रबार साँझ सार्वजनिक परिणाम अनुसार, विसं २०८१ को एसइई परीक्षामा यमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी, ४८,४७९ परीक्षार्थी हरूले २.४ जिपिएदेखि २.८ सम्मको GPA ल्याएका छन्, ४,१२६ परीक्षार्थी हरूले २.० जिपिएदेखि २.४ सम्मको GPA ल्याएका छन्, र १.६ देखि २ GPA ल्याउने आठ जना परीक्षार्थी रहेका छन् ।

१२६ जना परीक्षार्थीको परीक्षा रद्द
Post Image
गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।
गत वर्षको चैत ७ गतेदेखि सुरु भएको एसईईमा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए। जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ जना थिए।

यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडमा समावेश भएका छन्। यो संख्या गत वर्षको तुलनामा झन्डै १४ प्रतिशतले बढी हो। हामीले यहाँ ग्रेडमा समावेश गरिएका विद्यार्थीहरूको प्रदेशगत विवरण प्रस्तुत गरेका छौँ।

कुन प्रदेशका कति विद्यार्थी ग्रेडमा समावेश

कोशी( ४७ हजार ८३५
मधेस( ५९ हजार ७४९
बागमती( १ लाख १९ हजार ५१७
गण्डकी( ४७ हजार ८४९
लुम्बिनी( ५७ हजार६८७
कर्णाली प्रदेश( ४६ हजार ४५५
सुदूरपश्चिम( ५९ हजार८०४

ग्रेडमा २ लाख ७१ हजार २९९ जना परेका छन्। यस वर्ष सबैभन्दा धेरै गणित विषयमा विद्यार्थी ननग्रेडमा परेका छन्। १ लाख २८ हजार २१५ जना विद्यार्थी ननग्रेडमा परेका हुन्।

त्यस्तै अंग्रेजीमा ८० हजार ६७२ र नेपालीमा ५४ हजार ७३५ जना पनि ननग्रेडमा छन्। जम्मा ननग्रेडमा पर्ने विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ जना छन्।



No ad available.


No active ad available.