17th April 2026, Friday

Namaste

Express

अग्निविरुद्ध सर्वोच्चको आदेशपछि माओवादी केन्द्रीय कार्यालयको बैठक जारी

Post Image
10 महिना अगाडी

News by: Namaste Express

सर्वोच्च अदालतले अग्नि सापकोटाको बिरूद्धको द्वन्द्वकालीन मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ ।

अहिले बिहान पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ । बैठकमा क नेताले भनेका छन् कि सर्वोच्च अदालतको आदेशसँगै समसामयिक राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल भइरहेका छन्।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले द्वन्द्वकालीन घटनामा सापकोटाविरुद्ध परेका उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । सापकोटा विरुद्धको अनुसन्धान अघि नबढाउन निर्देशन दिने तत्कालीन सरकारको निर्णयलाई समेत सर्वोच्चले बदर गरेको थियो ।

सर्वोच्चको आदेशलाई नेकपा माओवादी केन्द्रका नेताहरुले राम्रो संकेतको रुपमा लिएका छैनन् । सो पार्टीका उपमहासचिव जनार्दन शर्माले द्वन्द्वकालीन मुद्दामा पुनः छानबिन गर्न सर्वोच्चले दिएको आदेशले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन मद्दत नगर्ने टिप्पणी गरेका छन् ।


No ad available.


No active ad available.