17th April 2026, Friday

Namaste

Express

आज देशभर बदली हुने पूर्वानुमान

Post Image
8 महिना अगाडी

News by: Namaste Express

२०८२ श्रावण ४, आइतबार
काठमाडौं -हाल देशभर मनसुनी वायुको प्रभाव परेको छ। मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै उत्तरमा रहेकाले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान(सम्भावना) रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली पर्वतीय क्षेत्र/भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।

त्यस्तै विभागका अनुसार आज राति देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।


No ad available.


No active ad available.