17th April 2026, Friday

Namaste

Express

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको बैठक बोलाए

Post Image
9 महिना अगाडी

News by: Namaste Express

१३ असार २०८२, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन् । त्यसअघि आज मन्त्रिपरिषद् बैठक बोलाईएको हो ।

प्रधानमन्त्री ओली शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन्, त्यसअघि उनले आज मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

त्यसक्रममा ओलीले ३० मिनेट स्पेनका प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोली भने सार्वजनिक भएको छैन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सँगै जाने भनिएको छ । अरु सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
Post Image


No ad available.


No active ad available.