17th April 2026, Friday

Namaste

Express

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २८ , शनिवार
काठमाडौं - पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल-चीन मितेरी पुल बगाएपछि कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू समस्यामा परेको बताएको छ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान लेहेन्डे नदीमा आएको बाढीका कारण पुल बगाएपछि कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू समस्यामा परेको बताएका छन्।

चीनको तिब्बत स्वायत्त क्षेत्रको रसुवागढीबाट सडकमार्ग हुँदै कैलाश मानसरोवर जाने नेपाली तथा विदेशी तीर्थयात्री र पर्यटकहरू मितेरी पुल बगाएपछि तिब्बत प्रवेश गर्नबाट वञ्चित भएको भन्दै तातोपानी, कोरोला, हिल्सा र अन्य नाकाहरू हुँदै मानसरोवर जाने वातावरण सिर्जना गर्न तत्काल कूटनीतिक पहल गर्न टानले चिनियाँ सरकारलाई आग्रह गरेको छ।

टानको अध्यक्ष सागर पाण्डेले कैलाश मानसरोवर तीर्थयात्रा सिजनको सुरुवातमा चीनको तिब्बत स्वायत्त क्षेत्रमा प्रवेश गर्ने तीर्थयात्री र पर्यटकहरूलाई सजिलै राहदानी उपलब्ध गराउन सरकारसँग माग पनि गरे।

उनले भिसा प्रक्रियालाई छिटो, सरल र यात्रुमैत्री बनाउन र काठमाडौँमा पर्खिरहेका तीर्थयात्रीहरूलाई सकेसम्म चाँडो कैलाश यात्रा गर्न वातावरण सिर्जना गर्न नेपालस्थित चिनियाँ दूतावाससँग कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरे।

टानको तर्फबाट बाढीमा मृत्यु भएकाहरूप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ र बेपत्ताहरूको तत्काल खोजीमा पनि सरकारको ध्यानाकर्षण गराइएको छ।


No ad available.


No active ad available.