17th April 2026, Friday

Namaste

Express

अर्थमन्त्रीको विश्वास : बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आफूले प्रस्तुत गरेको बजेट यथार्थपरक रहेको बताएका छन् । उनले बबजेटले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्नमा विश्वास व्यक्त गरे। आज, संसदीय बैठकमा बजेटको सम्वन्धमा उठाएका प्रश्नहरूको जवाफ दिंदै, अर्थमन्त्री पौडेलले शिथिलतामा (सुस्त) रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको दाबी गरे ।

अर्थमन्त्रीले भने, ‘हामीले अन्कन भएका अर्थतन्त्रलाई पुनर्जीवित (गतिशील) गराएर समस्त सबै परिसुचकहरुमा (संकेतकमा) सकारात्मक सुधार सुधार हासिल गरेका छौं । स्रोतहरूको व्यवस्थापन र बजेटमा खर्चको बाँडफाँड यथार्थपरक रूपमा गरिएको छ। त्यसैले बजेटले लिएको ६ प्रतिशतको अर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको छ जुन असंभव छैन। यो हाम्रो सामथ्र्यको सीमाभित्र छ ।

अर्थमन्त्री पौडेलले यसपटक अर्थतन्त्रको सामथ्र्यका दृष्टिकोणले सहज नरहेको उनले बताए । तथापि चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूँजिगत खर्च १७ प्रतिशत बढी गरिएको उनले स्मरण गराए । साधारण खर्च घट्ने र पूँजिगत खर्च बढ्ने सिलसिलालाई ब्रैक लगाउनैपर्ने मन्त्री पौडेलको भनाइ थियो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले भने, यस बजेटले निजी लगानी अभिवृद्धि गर्न, आर्थिक क्रियाकलाप विस्तार गर्न, उद्यमशीलताको विकास गर्न र अर्थतन्त्रमा विविधीकरण ल्याई रोजगारीको अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु,’ राजस्व परिचालन सुदृढ गर्न, बजेट अनुशासन कायम गर्न र सरकारको लगानी प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गर्न सफलता मिल्नेछ भन्नेमा म विश्वस्त छु । यसबाट अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रता आउने विश्वास लिएको छु ।’


No ad available.


No active ad available.