17th April 2026, Friday

Namaste

Express

प्रधानमन्त्री ओली आज झापा हुँदै विभिन्न कार्यक्रममा सहभागी हुँदै

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार २८ , शनिवार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापा आउँदैछन्। झापाको दुई दिने भ्रमणको क्रममा उनले भद्रपुर विमानस्थल हुँदै आगमन गर्ने कार्यक्रम छ। भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।

शनिबार प्रधानमन्त्री ओली बुद्धशान्ति गाउँपालिकामा अस्पतालको उद्घाटन र कन्काई नगरपालिकामा सम्पत्ति प्रमाणपत्र वितरणमा सहभागी हुदैछन्।

आइतबार दमकमा विश्व बैंकको लगानीमा निर्माण भइरहेको मदन डाँगी-ताराबारी डिपो सडक स्तरोन्नति र गौरीगञ्जमा रतुवा खोलाको उद्घाटन कार्यक्रम तय गरिएको छ।

सोही दिन प्रधानमन्त्री बिर्तामोडस्थित सिटी सेन्टरमा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गरेपछि काठमाडौं फर्कनेछन्।


No ad available.


No active ad available.