17th April 2026, Friday

Namaste

Express

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार ३१ , मंगलबार
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नदिए केपी ओलीको मन्त्रिपरिषद्मा सामेल हुने भनी दिएको अभिव्यक्तिप्रति नेकपा एमालेको आपत्ति छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा शाहीले भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू भनी अभिव्यक्ति दिन सभामुखबाट समय लिएका थिए।

‘ज्ञान नपाए काशी जाने, न्याय नपाए गोरखा जाने, भ्रष्टाचार नपाए ओलीको मन्त्रिपरिषद्मा जाने चलन थियो,’ शाहीले भने। ‘मन्त्रीलाई आफ्नो क्वार्टरको लागि पैसा दिइएको छ, के उनको राजीनामा स्वीकृत हुन्छ? भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाउनुस तपाईंहरूको सरकारले।’

त्यसको लगत्तै, एमाले सचेतक सुनिता बरालले सरकारका नेता प्रधानमन्त्री ओलीमाथि लगाइएका आरोपहरूको आपत्ति जनाए।

उनले गलत काम गर्ने मन्त्रीमाथि कारबाहीको माग गरिन्, तर सरकारी नेतृत्वमाथि बेतुका कुराहरूको आरोप लगाइएको बताइन् र शाहीको भनाइ संसदीय रेकर्डबाट हटाउन माग गरिन्।

लगत्तै, सभामुख देवराज घिमिरेले नियमको मुद्दामा ध्यानाकर्षण भएको बताए।

घुसखोरी काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजीनामा दिए।


No ad available.


No active ad available.