17th April 2026, Friday

Namaste

Express

छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भन्दै मेसेज पठाउने ४९ वर्षीय शिक्षक पक्राउ

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार ३०, सोमबार
काठमाडौँ । छात्राको जन्मदिनमा अनुपयुक्त मेसेज पठाएपछि रौतहटमा एक शिक्षक पक्राउ परेका छन् । रौतहटको गरुडा नगरपालिका-९ गम्हरिया श्रीपुर स्थित श्री माध्यमिक विद्यालयका शिक्षक रविन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।

४९ वर्षीय शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रा (विद्यार्थी) लाई मेस‍ेन्जरमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर मेसेज पठाएका थिए । शिक्षकको उक्त मेसेज छात्राले आफ्नो परिवारलाई सुनाएकी थिइन् ।

“३० जेठमा नानीको बर्थ डे रहेछ । त्यही दिन उक्त मेसेज शिक्षक साहले पठाएका रहेछन् । उनको अरू बेलामा पनि छात्राहरूसँग व्यवहार ठीक नभएको र केही विवाद भएका पनि रहेछन्,” इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवले भने । जनाएको छ।

विद्यार्थीलाई मेसेज पठाएको परिवारलाई सुनाएपछि छात्राका परिवार,आफन्त र स्थानीयले आइतबार विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका थिए । तोडफोड र प्रदर्शनका कारण विद्यालयमा पढाइ ठप्प भएको छ ।

विद्यालयको अवस्था तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिनुका साथै शिक्षक साहलाई समेत पक्राउ गरेको र प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले शिक्षक साहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताए ।

शिक्षक पक्राउपछि छात्राका परिवार, आफन्त र वडाका जनप्रतिनिधि पनि इलाका प्रहरी कार्यालयमा पुगेका छन् । अन्य छात्राहरूलाई समेत शिक्षक साहले अभद्र व्यवहार गरिएको सुनिएपनि हालसम्म उजुरी नपरेको प्रहरीले जनाएको छ ।‍

शिक्षक साहमाथि कडा कारबाही हुनुपर्ने आफन्तले माग गरेका छन् ।


No ad available.


No active ad available.