17th April 2026, Friday

Namaste

Express

विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा

Post Image
9 महिना अगाडी

News by: Namaste Express

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूलाई नेपाली नागरिकता प्रदान गर्न नसकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित भएको सुगौली सम्झौता र नेपालमा नागरिकता पुस्तक विमोचन समारोहलाई सम्बोधन सम्बोधन गर्दै उनले यस्तो भनाई दिए।

ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरता माग उठाउनु स्वाभाविक भएपनि अरू देशको नागरिकता लिइसकेपछि नेपालको नेपाली नागरिकता दिनु सम्भव छैन।

‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । ‘ ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् । छिट्टै निष्कर्ष निस्किनेछ ।

नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’

ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर उनले गरे ।

नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ,’ देउवाले भने। उनले भने, ब्रटिश गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको पनि ।



No ad available.


No active ad available.