17th April 2026, Friday

Namaste

Express

सहकारीका कर्मचारीलाई घरमा बोलाएर जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पुर्जी

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार ३२, बुधबार
विराटनगर- सहकारीबाट लिएको ऋण तिर्न भन्दै घर बोलाएर दुर्व्यवहार गर्ने कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

ऋण रकमभन्दा बढी भएपछि घर बोलाएर जुत्ताको माला लगाइदिने सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका दुई कर्मचारी विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड म्यानेजर सुशीला लामिछानेलाई दुर्व्यवहार,गालीगलौज, कुटपिट र जुत्ताको माला लगाइदिने मिक्लाजुङ गाउँपालिका-२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बू र ३३ वर्षीया माया मगर विरुद्ध पक्राउ पुर्जी जारी गरिएको मोरङ प्रहरीले जनाएको छ।

मगरले जुत्ताको माला लगाएकी थिइन् भने दुर्गामायाले भने भिडियो खिचेकी थिइन् ।उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट भए पनि पछि हटाइएको थियो। अभद्र व्यवहार गरेको आरोपमा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

भिडियोमा सुशीला लामिछानेलाई जुताको मला लगाएको स्पष्ट देखिन्छ भने राईले प्रतिकार लिन खोजिरहेका छन्। लामिछाने कुर्सीमा बसिरहेकी थिइन्। भिडियोमा राईमाथि पराल प्रहार गरिएको देखिन्छ।

‘ऋण तिर्न अस्वीकार गरेपछि उनीहरूले उनलाई छलफलको लागि आफ्नो घरमा बोलाएका थिए। घर पुगेका कर्मचारीहरूलाई जुत्ताका माला लगाइदिएको भनेर जाहेरी परेको छ,’ मोरङ प्रहरी प्रवक्ता डीएसपी चुंडालले भने।

प्रहरीका अनुसार दुर्गामाया लिम्बूको घरमा जुत्ताको माला लगाइएको थियो।

उनीहरू विरुद्ध पक्राउ पूर्जी जारी भए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। उनीहरूले आफ्नो मोबाइल फोन बन्द गरेका छन् र फरार छन् र खोजी भइरहेको डीएसपी चुंडालले बताए।


No ad available.


No active ad available.