17th April 2026, Friday

Namaste

Express

मेयर बालेनले नीति र कार्यक्रम प्रस्तुत गरे, काठमाडौं स्मार्ट सिटी र आईटी हब बनाइने

Post Image
9 महिना अगाडी

News by: Namaste Express

२०८२ असार ३०, सोमबार
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। महानगरपालिकाको १७ औं नगर परिषद् बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले संस्कृति र जीवनशैलीलाई प्रविधिसँग जोडेर काठमाडौंलाई डिजिटल युगको स्मार्ट सिटी र अन्तर्राष्ट्रिय स्तरको गन्तव्यको रूपमा विकास गर्ने योजना सार्वजनिक गर्नुभएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शाहले महानगरलाई आईटी हबको रूपमा स्थापित गर्न ‘सहकार्यस्थल’, ‘डिजिटल नोम्याड’ मैत्री पूर्वाधार र बहुभाषिक सूचना प्रणाली निर्माण गरिने घोषणा गर्नुभयो। उहाँले यसले काठमाडौंलाई प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।


No ad available.


No active ad available.