17th April 2026, Friday

Namaste

Express

स्वास्थ्य मन्त्रालयलाई हर्कको पत्र- कुन कुलङ्घारले जग्गा दिई पठाएछ, फिर्ता गरिदिनु

Post Image
8 महिना अगाडी

News by: Namaste Express

७ श्रावण २०८२, बुधबार
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएका छन्। उपमहानगरपालिकालाई आफ्नै नगर अस्पताल निर्माण गर्न जग्गा आवश्यक रहेको बताउँदै उनले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा तत्काल फिर्ता गर्न माग गरेका छन्।

"कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिई पठाएछ थाहा भएन। नगरपालिकाको जग्गा यसरी लिन सकिँदैन/पाइँदैन। फिर्ता गरिदिनुहोला," मेयर हर्कराज राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।

नगर प्रमुख, मेयर साम्पाङले पत्रको प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि दिएका छन्।


No ad available.


No active ad available.