17th April 2026, Friday
Namaste
Express
News by: Namaste Express
बागमती, ३१ मे २०२५ — युवा कम्युनिस्ट लिग, नेपाल (YCL) को तेस्रो राष्ट्रिय सम्मेलन (२०८२) को पूर्वसन्ध्यामा संगठनभित्र वैचारिक स्पष्टता, कार्यशैलीको सुदृढीकरण र नेतृत्व विकासलाई लिएर बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ‘आक्रोश’ समूहले विस्तृत विधान संशोधन प्रस्ताव सार्वजनिक गरेको छ।
केन्द्रीय सचिव एवं सह-इञ्चार्ज (बागमती) डी.पी. थपलियाको दस्तखत रहेको उक्त दस्तावेजमा संगठनको हालको अवस्था, राजनीतिक चुनौती, र भावी दिशा समेटिएको छ। दुई पृष्ठ लामो दस्तावेजमा वैज्ञानिक मूल्याङ्कन, संगठनको भौतिक तथा वैचारिक सुदृढीकरण, र युवाको सशक्त उपस्थितिबाट नेतृत्व विकासमा जोड दिइएको छ।
प्रस्तावमा जनयुद्ध र जनआन्दोलनको पृष्ठभूमिमा स्थापित YCL लाई आजको सामाजिक यथार्थअनुसार रूपान्तरण गर्नु अपरिहार्य रहेको उल्लेख छ। विश्वस्तरीय समाजवादी आन्दोलन, नेपालभित्रको राजनीतिक गतिशीलता, र युवा पुस्ताको भूमिकालाई मध्यनजर गर्दै संगठनको संरचना, कार्यशैली र नीतिगत दृष्टिकोण पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
‘आक्रोश’ समूहले विधान संशोधन प्रस्तावमा १० प्रमुख बुँदाहरू प्रस्तुत गरेको छ, जसमा निम्न बिषयहरू उल्लेखनीय छन्:
1. कार्यकालको सीमा निर्धारण – अधिकतम एक कार्यकाल कायम गरिने, विशेष परिस्थितिमा मात्र पुन: चयन हुने व्यवस्था।
2. कार्यसम्पादन मूल्यांकन अनिवार्य – सम्मेलनमा विगतको कार्यसम्पादनको समीक्षा गरिने।
3. उमेर सीमा तोक्ने व्यवस्था – नेतृत्व तहमा १६–५० वर्ष उमेर समूहका व्यक्तिहरूलाई प्राथमिकता दिने।
4. दक्ष नेतृत्व निर्माण – जिम्मेवारी दिने प्रक्रियामा क्षमताको आधारमा छनौट गरिने।
5. समावेशिता र विविधता – संगठनको संरचना र
6. सशक्त मूल्यांकन प्रणाली – नियमित कार्यसम्पादन मूल्यांकन र प्रोत्साहन/जवाफदेहिता सुनिश्चित गरिने।
7. नीतिगत स्पष्टता र अद्यावधिकरण – संगठनको नीति, दृष्टिकोण र कार्यक्रमहरूलाई वर्तमान सन्दर्भमा परिमार्जन गरिने।
8. सदस्यता नवीकरणमा पारदर्शिता – सदस्यता वितरण, नवीकरण र जिम्मेवारी दिने प्रक्रियामा पारदर्शिता अपनाइने।
9. युवा सहभागिता विस्तार – YCL को युवा फोरममार्फत युवा सहभागितालाई संस्थागत गरिने।
10. संगठनात्मक अनुशासन र जवाफदेहिता – निर्णय प्रक्रियामा स्पष्टता र कार्यान्वयनमा कडाइ गरिने।
प्रस्तावमा भनिएको छ, "वर्तमान विश्व परिदृश्य, नेपालको सन्दर्भ, र युवाहरुको बदलिँदो सोचका बीच YCL लाई आधुनिक र प्रभावकारी संगठनको रूपमा पुनःस्थापना गर्न संशोधन अपरिहार्य भइसकेको छ।"
यस प्रस्तावलाई राष्ट्रिय सम्मेलनमा प्राथमिकताका साथ छलफलमा ल्याई, आवश्यक निर्णय लिन ‘आक्रोश’ समूहले अपिल गरेको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No active ad available.
पढ्नै पर्ने
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड
असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने निर्णयलाई माओवादीले गर्यो स्वागत
३९ स्थानीय तहले कानुनी समयभित्र बजेट ल्याउन सकेनन्
मस्ट सेयर्ड
यस्तो छ बजेट
यस्तो छ बजेट
गणतन्त्र दिवस
संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस-एमाले बाहेकका दल छलफलमा
राेचक
स्वास्थ्य मन्त्रालयलाई हर्कको पत्र- कुन कुलङ्घारले जग्गा दिई पठाएछ, फिर्ता गरिदिनु
अर्थमन्त्रीको विश्वास : बजेट यथार्थपरक छ, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ
प्रधानमन्त्री ओली आज झापा हुँदै विभिन्न कार्यक्रममा सहभागी हुँदै
ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग