17th April 2026, Friday

Namaste

Express

सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सम्पन्न

Post Image
9 महिना अगाडी

News by: Namaste Express

असार १ काठमाण्डौ शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीको आयोजना तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति को सहकार्यमा यहि मिति २०८२ साल जेष्ठ ३० र ३१ गतेमा “सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२” ११ वटा जिल्लाका २८ वटा डोजाड्ढ/एकेडेमी/स्कुलहरुको सहभागितामा गोकर्णेश्वर स्पोर्टस सिटी हल ,गोकर्णेश्वर काठमाण्डौंमा सम्पन्न भएको हो । यस प्रतियोगिताको २०८२ साल जेष्ठ ३० गते प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर श्री दिपक कुमार रिसाल ज्युले उद्घाटन गर्नुभएको थियो। यस प्रतियोगिताको उद्घाटन समारोहमा शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीको महासचिव पवन कार्की ज्युको सभापतित्वमा संचालन भएको थियो। उक्त समारोहमा विशेष अतिथि महासचिव, नेपाल रग्वी संघ श्री गोविन्द घिमिरे ज्यु, सचिव, नेपाल वेसवल संघ श्री संजिव फुयालज्यु, राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष राजकुमार कार्की ज्यु, वाग्मती प्रदेश अध्यक्ष ईस्पोर्ट्स सघं नेपालका रविन बस्नेतज्यु, लगायत गोकर्णेश्वर नगर खेलकुद विकास समिति र शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीका पदाधिकारीहरुको उपस्थितिमा संचालन भएको थियो । यस प्रतियोगितामा गेरोगी विधामा पुरुष तर्फ २२ केजि,२५ केजि,२८ केजि, ३१ क्ेजि,३४ केजि,३८ केजि,४३ केजि,४४ केजि, ४८ केजि, ५१ केजि, ५४ केजि, ५८ केजि, ६३ केजि,६८ केजि र ७४ केजि समुह र महिला तर्फ २५,२८,३१,३४,३७,४०,४३,४६,४९,५२,५५,५९ र ६२ केजि समुहमा प्रतिस्प्रधा भएको थियो । भने पुम्से तर्फ एकल पुरुष र महिला १४ बर्ष मुनि,१७ बर्ष मुनि,१८ बर्ष माथी र जोडी तर्फ १४ र १७ बर्ष मुनि १८ बर्ष माथी साथै समुह तर्फ १४ बर्ष मुनि,१७ बर्ष मुनि र १८ बर्ष माथीको समुहमा प्रतिस्प्रधा भयो ।


प्रतियोगिताको बिजयी टिमहरु


१ शोणितपुर तेक्वान्दो डोजाङ्ग – प्रथम


२.नेश्नल तेक्वान्दो एकेडेमी – दितिय


३.चन्द्रागिरी तेक्वान्दो डोजाङ्ग – तृतिय



यस प्रतियोगिताको समापन समारोहमा शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीको महासचिव पवन कार्कीको अध्यक्षतामा संचालन भएको थियो। उक्त समापन समारोहको प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो सघंका अध्यक्ष महेश्वर फुयाल ज्यू, लगायत शहिद स्मृति स्पोर्ट्‌स एकेडेमी, गोकर्णेश्वर नगर खेलकुद विकास समिति,योङ्ग स्टार ग्रुपका पदाधिकारीहरुको उपस्थितिमा संचालन भएको थियो । यस प्रतियोगितामा प्रथम टिमलाई नगद पुरुस्कार, ट्रफी, गोल्ड मेडल, सर्टिफिकेट र दितिय टिमलाई नगद पुरुस्कार, ट्रफी, सिल्भर मेडल, सर्टिफिकेट र तृतिय टिम लाई नगद पुरुस्कार, ट्रफी, ब्रोण्ज मेडल, सर्टिफिकेट रहेको थियो ।



यस प्रतियोगिताको प्रथम टिमलाई समापन समारोहका अध्यक्ष शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीका महासचिव पवन काकी ज्युले नगद पुरुस्कार रु ५०,००० सहित ट्रफी, गोल्ड मेडल, सर्टिफिकेट प्रदान गर्नुभएको थियो भने गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामा ज्यूले द्धितिय टिमलाई नगद पुरुस्कार रु ३०,००० सहित सिल्भर मेडल,सर्टिफिकेट, प्रदान गर्नुभएको थियो । भने योङ्ग स्टार ग्रुपका संयोजक एलिस ठकुरीले तृतिय टिमलाई नगद पुरुस्कार रु २०,००० सहित ट्रफी, गोल्ड मेडल, सर्टिफिकेट प्रदान गर्नुभएको थियो । साथै उद्घाटन तथा समापन समारोहका प्रमुख अतिथि विशेष अतिथि, अतिथिहरु र प्रतियोगितामा साथ सहयोग गर्ने सम्पुर्ण टिम तथा प्रतिनिधिहरुलाई सर्टिफिकेट साथै मायाको चिनो शहिद स्मृति स्पोर्ट्‌स एकेडेमीका तर्फ बाट कोषाध्यक्ष बालकुमार केसिले प्रदान गरेका थएि



No ad available.


No active ad available.